मन्दिर पुनः निर्माणका लागि महायज्ञबाट जुट्यो ३५ लाख-Sutra News

मन्दिर पुनः निर्माणका लागि महायज्ञबाट जुट्यो ३५ लाख

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

काठमाडौँ महानगरपालिका-२९ स्थित श्री गोदा वेणुगोपाल मन्दिर पुनः निर्माणका लागि ३५ लाख सहयोग जुटेको छ ।



मन्दिर पुनः निर्माणका लागि सहयोग जुटाउने उद्देश्यले नौ दिने श्री गोदा वेणुगोपाल श्री महालक्ष्मी पुष्पयाग साङ्गश्रीमद्भागवत महापुराण सम्पन्न भएको थियो । महायज्ञबाट ३५ लाख सहयोग जुटेको श्री गोदा वेणुगोपाल मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मुकुन्द अधिकारीले राससलाई जानकारी दिए ।

महायज्ञमा श्री १००८ डा चक्रपाणि आचार्य स्वामीजीले कथा वाचन गरेका थिए । महायज्ञमा जनार्दन घिमिरेले मूल पाठ पारायण गरेका मूल आयोजक समितिको अध्यक्षसमेत रहनुभएका श्री १००८ यतीन्द्राचार्य महन्तले जानकारी दिए ।

विसं २०२१ मा श्री १००८ श्रीनिवासाचार्यले स्थापना गरेका मन्दिर विसं २०७२ वैशाख १२ गतेको भूकम्पले क्षतिग्रस्त बनेको थियो । मन्दिर पुनः निर्माणका लागि अहिलेसम्म १३ करोड खर्च भइसकेको व्यवस्थापन समितिका कोषाध्यक्ष अधिकारीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट