नक्कली शरणार्थी प्रकरणमा : आज सरकार पक्षबाट थुनछेक बहस-Sutra News

नक्कली शरणार्थी प्रकरणमा : आज सरकार पक्षबाट थुनछेक बहस

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

जिल्ला अदालत काठमाडौंमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका अभियुक्तको थुनछेक बहस सुरु भएको छ ।



न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा सुरु भएको बहसमा आज जिल्ला सरकारी वकिल कार्यालयका तर्फबाट बहस भएको छ । सरकारी वकिलका तर्फबाट काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेले नेतृत्व गर्नुभएको छ ।

उक्त प्रकरणमा पक्राउ परेका १८ अभियुक्तकै थुनछेक बहस हुनेछ । काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले विभिन्न पाँच वटा कसुरमा ३० जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । उक्त प्रकरणका १२ जना अझै फरार अवस्थामा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट