महिलासँग उपाध्यक्ष कार्यक्रम : पाठेघरको समस्या बुझ्न गाउँमा पुगे चिकित्सक-Sutra News

महिलासँग उपाध्यक्ष कार्यक्रम : पाठेघरको समस्या बुझ्न गाउँमा पुगे चिकित्सक

आइतबार, २१ जेष्ठ २०८०

आइतबार, २१ जेष्ठ २०८०

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले पालिकामा प्रजनन समस्या तथा पाठेघरको समस्या भएका महिलाका लागि विभिन्न ठाउँमा स्वास्थ्य शिविर गर्ने भएको छ ।



आज वडा नम्बर ६ खेतबाट सुरु भएको शिविर विभिन्न ठाउँमा सञ्चालन हुनेछ । पालिकामा पाठेघरको समस्या भएका महिला धेरै रहेको र अस्पतालसम्म सेवा लिन आउनै डराउने भएपछि पालिकाले गाउँमै पुगेर महिलाको स्वास्थ्य जाँच सुरु गरेको हो ।

महिलासँग उपाध्यक्ष कार्यक्रमअन्तर्गत गाउँमै पुगेर प्रजनन तथा पाठेघरमा समस्या भएका महिलाको स्वास्थ्य जाँच तथा परामर्श दिन सुरु गरिएको गाउँपालिका महिला तथा बालबालिका शाखाका बाल संरक्षण अधिकृत मानवीर ओलीले जानकारी दिए । उनका अनुसार गाउँमा पुग्दा प्रजनन समस्या र पाठेघरमा समस्या भएका महिला धेरै भेटिएका छन् ।

पालिका विषेशज्ञ चिकित्सकसहित गाउँमा पुगेको हो । जिल्ला अस्पताल सल्लेका स्त्रीरोग विषेशज्ञ चिकित्सक केहल विक्रम जिसीसहितको टोलीले आज वडा नम्बर ६ खेतमा पुगेर पाठेघरको समस्या भएका महिलाको स्वास्थ्य जाँच गरेको हो । आज ४८ महिलाले सेवा लिएका थिए ।

गाउँपालिकाले जेठ २२ गते चाइना बगरमा, २३ गते काफलकोट र २४ गते पालिका अस्पताल चिन्ने बगरमा शिविर गर्ने गाउँपालिका उपाध्यक्ष कमला रोकाले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट