कलाकारिता एउटा पेसा हो भने त्योसँगै कलाकारिता गर्न कलाकार पनि सामान्य मानिस जस्तै हुन। सिनेमाको पर्दामा जेजस्तो देखिए पनि वास्तविक जीवनमा बलिउड कलाकारका बानी हेर्ने हो भने उनीहरुसँग पनि आममानिसका जस्तै केहि बानीहरु छन्। जस्तो कि करिनाको नङ टोक्ने बानी छ भने अभिनेता जोन अब्राहम खुट्टा नहल्लाइ बस्न सक्दैनन्।
आज हामीले बलिउड कलाकारका यही यस्ता अनौठो बानी यहाँ प्रस्तुत गर्दैछौं।
अमिताभ बच्चन- अमिताभलाई दुई वटा घडी लगाउने बानी छ, चाहे उनी भारतमा हुन या भारत बाहिर। धेरै फोटोहरुमा उनलाई दुईवटा घडी लगाइरहेको देख्न सकिन्छ।
करिना कपुर- करिना कपुर पर्दामा जति चुलबुले देखिन्छ वास्तविक जीवनमा उस्तै भावुक पनि छिन्। जब उनलाई चिन्ता पर्छ तब उनी आफ्नो नङ टोक्न थाल्छिन्। खाली बसेर सोचमग्नभएको अवस्थामा करिनाले आफ्नो औलालाई समेत टोक्ने गर्छिन्।
आयुष्मान खुर्राना- फरक खाले सिनेमाका लागि चर्चित आयुष्मानको दाँत माझिराख्ने बानी छ। उनी केही कुरा खानेबित्तिकर दाँत माझ्ने गर्छन्। त्यसैले उनको साथमा टुथब्रस किट हमेशा हुने गर्छ।
शाहिद कपुर- शाहिदलाई कपि पिउने लत छ। एकसमय उनलाई यस्को यस्तो लत बस्योको दिनमा १० कपसम्म कफी पिउने गर्थे, तर उनले ‘पद्मावत’ सिनेमाको सुटिङका बखतदेखि यो बानीलाई कम गर्दै लगेका छन्।
सन्नी लियोनी- सन्नीलाई एकदमै सरसफाइ चाहिन्छ। उनी विशेषगरी आफ्नो खुट्टालाई सार्है सजग छिन्। यो बानी उनमा यस्तो सम्म छ उनी खाली बसिरहेकी छन् भने १५-२० मिनेटको फरकमा आफ्नो खुट्टा छुन गइहाल्छिन्। उनको यो बानी ‘जिस्म २’को सुटिङ ताका सार्वजनिक भएको थियो। त्यो समयमा यता सट तयार हुँदैगर्थ्यो भने उनी आफ्नो खुट्टा धुन दौडिहाल्थिन्।
सैफअलि खान- पढ्ने-लेख्ने बानी आफेमा राम्रो हो तर अभिनेता सैफअलि खानलाई बाथरुममा गएर पढ्ने बानी छ। उनले बाथरुममा किताबलाई सजाएर राखेका छन् भने टेलिफोनको एउटा एक्सटेन्सनसमेत वाथरुममा जोडिएको छ।
सुस्मिता सेन- पूर्व विश्व सुन्दरी सुस्मिता सेनलाई खुल्ला आकाश मुनी बस्न असाध्यै मनपर्छ। उनलाई रातमा आकाशका ताराहरु हेर्दै नुहाउन मनपर्छ। यही बानीका कारण उनले घरको छतमा वाथटब राखेकी छन्।
जोन अब्राहम- जोनको बसेको बेलामा खुट्टा हल्लाउने बानी छ। बस्दाखेरी खुट्टा हल्लाउने बानीलाई त्यती राम्रो मानिदैन। यसै कारणले गर्दा जोनले घरपरिवारबाट यो बानीका लागि गाली खाने गरेका छन्।