बिआर चोपडाको टिभी सिरियल महाभारतमा ‘शकुनी मामा’को भूमिकामा अभिनय गर्ने कलाकार गूफी पेन्टलको निधन भएको छ।
उनी ७८ वर्षका थिए। उनको आज बिहान ९ बजे निधन भएको हो। केही समययता विरामी रहँदै आएका उनको मुम्बई, अँधेरीस्थित एक अस्पतालमा उपचार हुँदै आइरहेको थियो। आजै उनको अन्तिम दाहसंस्कार गरिने कार्यक्रम रहेको छ।
पछिल्लो समय परिदाबाद बस्दै आएका उनी अस्वस्थ्य भएपछि थप उपचारका लागि मुम्बई ल्याइएको थियो।
आज बिहान उपचारकै क्रममा रहेका उनलाई हृदयघात भएपछि उनको निधन भएको हो। उनी बिहत १० दिनदेखि अस्पतालमा उपचाररतः थिए।
‘महाभारत’ले दिलाएको थियो ख्याती
गुफीले आफ्नो अभिनययात्रा सिनेमाबाट सुरु गरेका थिए तर उनलाई नाम भने महाभारत टेलिसिरियलले दिलायो। ‘महाभारत’मा उनी दुर्योधनका शकुनी मामा बनेका थिए। ८० दशकमा उनी टिभी तथा सिनेमामा सक्रिय थिए। उनी अन्तिमपटक ‘जय कन्हैया लाल की’ सिरियलमा देखा परेका थिए। ‘भारतका वओर पुत्र-महगाराणा प्रताप’, ‘मिसेज कौशिक की पाँच बहुएं’, ‘कर्ण संगिनी’ तथा ‘कर्म फल दाता शनि’ टिभी शोमा उनले काम गरेका छन्।
यी सिनेमाले नाम दिएका थिए
गुफीले ‘सुहाग’, ‘दिल्लगी’, ‘देश परदेश’ तथा ‘सावा’ जस्ता सिनेमामा यादगार काम गरेका थिए। गुफीको निधनमा सिनेमा तथा टिभी कलाकारले दुःख व्यक्त गरेका छन्।