दुर्घटना भएको ५१ घण्टापछि रेल सेवा पुनः सञ्चालनमा-Sutra News

दुर्घटना भएको ५१ घण्टापछि रेल सेवा पुनः सञ्चालनमा

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०

शुक्रबार राति २७५ जनाको मृत्यु हुनेगरी भएको रेल दुर्घटनापछि बालासोरबाट सोमबारदेखि यात्रु र मालवाहक रेलहरू पुनः सेवामा फर्किएको अधिकारीहरूले बताएका छन् ।



अधिकारीहरूले भारतमा दशकौंपछि भएको घातक रेल दुर्घटनाको कारण सिग्नल प्रणालीसँग जोडिएको समस्याका कारण भएको बताएका छन् ।

भारतको पूर्वीराज्य उडिसाको बालासोर नजिकै भएको दुर्घटनामा २७५ जनाको मृत्यु हुनुका साथै सयौं घाइते भएका छन् ।

अधिकारीहरूले सुरुमा मृत्यु हुनेको सङ्ख्या २८८ रहेको बताएका थिए, तर उडिसा राज्य सरकारले केही शवहरू गलत तरिकाले दुई पटक गणना गरिएको भन्दै मृतकको संशोधित सङ्ख्या २७५ भएको पुष्टि गरेको छ ।

एक हजार १७५ घाइतेमध्ये अधिकांश उपचारपछि घर फर्किसकेका छन् भने ३८२ जनाको अस्पतालमा उपचार भइरहेको अधिकारीहरूले आइतबार जानकारी दिएका छन् ।

यद्यपि, घाइतेमध्ये केहीको अवस्था अझै पनि गम्भीर रहेको भन्दै मृतकको सङ्ख्या अझै बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् ।

रेल मन्त्रालयले रेल दुर्घटना भएको ५१ घण्टापछि कोइला लोड गरिएको मालबाहक रेल लिकमा गुडेसँगै सेवा पुनः सञ्चालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट