‘बोल्नेको पिठो पनि बिक्छ नबोल्नेको चामल पनि बिक्दैन’, व्यापार यो चर्चित नेपाली बोली हो। यस भनाइको सिधा अर्थ हो, जति मार्केटिङ गरेर मान्छेलाई आस्वस्थ पार्नसक्नुहुन्छ त्यती नै तपाईं व्यापार गर्न सक्नुहुन्छ।
यदि सक्नुभएन भने राम्रै मालतालले पनि बजार पाउँदैन। नेपाली सिने उद्योगमा यो भनाइ ठ्याक्कै मेल खान्छ। अहिले त चामल र पिठो दुबै नै नभएर होला सिनेमा शुक्रबार पिच्छे रिलिज भएपनि निर्माताहरु त्यसको प्रचारमा छैनन्, सिनेमालाई भगवान भरोसे जस्तो गरी छोडिदिएका छन्।
यस वर्षको पहिलो दिन अर्थात वैशाख १ गते रिलिज भएको ‘जारी’ बाहेक रिलिज भएका सबै नेपाली सिनेमा वक्सअफिसमा हिरो होइन जिरो सावित। जारी अझे हलमा चलिरहँदा त्यसपछि रिलिज भएका सिनेमाको हविहत सम्झन लायक त के भन्नु र बिर्सनलायक छन्।
यी सबै सिनेमा नचल्नुमा एउटै कारण देखियो प्रचार। पहिले पहिले सिनेमा रिलिज हुँदा पहिलो तथा दोस्रो दिन हलहरुमा दर्शकहरुको उपस्थिति उल्लेख्य हुन्थ्यो अहिले सय-डेढसयको एउटा हल भरिएको समचार सुन्न पनि महिनौं कुर्नपर्छ।
पहिलापहिला रिलिजको ३-४ महिना अगाडिबाट सुरु हुने सिनेमाको प्रचार हालको अवस्थामा छैन भने पनि हुन्छ। प्रवार नहुँदा दर्शकले सिनेमाको जानकारी सुरुमा पाउँदैनन् अनि दर्शक सिनेमा हेर्न कहाँबाट आउँन?
दर्शकहरु नेपाली सिनेमासँग किन यति धेरै परपर राख्न खोजिएको होला? यो खोजको विषय हो। यसका बारेमा अर्को बेला कुरा गरौला।
एउटा सिनेमा हेर्न दर्शकलाई हलसम्म केले डोहोर्याउँछ?
ट्रेलर, गीत, कलाकार र निर्देशक।
यो वर्ष रिलिज भएका सबै सिनेमामा यी तत्वमा दर्शकहरुको कुनै आकर्षण छैन्। सिक्वलले चल्छ भनौ भने अनमोलको छड्के-२ को हालत, अनि विकास आचार्यको ‘नाईं नभन्नू ल-६’सँगै ‘प्रसाद २’को हविगत सम्झदा कठै बाहेक केही भन्न सकिदैन्।
यस्तै अनुहारले फाँड्छ भनौ भने अनमोल केसी, धिरज मगर, आँचल शर्मा, विपिन कार्की, अर्पण थापा, बर्षा शिवाकोटीको अनुहारले पनि सिनेमा चलाउन नसकेको धेरै भएको छैन्। ट्रेलर र गीतसंगीतबाट चल्छ भनौ भने यो जमाना नि लुप्त भइसक्यो भन्दा हुन्छ।
दर्शकलाई सिक्वल, अनुहार,ट्रेलर र गीत भन्दा पनि कन्टेन्टमा चासो छ। कन्टेन्ट त नेपाली सिनेमामा आक्कलझुक्कल बाहेक सम्झिनी पानी छम्किनी बाहेक केही होइन्। त्यो भन्दा अगाडि सिनेमाको प्रचार पनि प्रमुख हो। यो वर्ष मेरो सिक्वल हो, मेरो स्टार भएको फिल्म हो, मेरो ह्या हो त्याँ हो भनेका सबै सिनेमा यसपटक चट।
उदाहरणका लागि यो साता नेपाली सिनेमाहलमा दुईवटा सिनेमा लाग्दैछन्। ती हुन् फूलमान बल निर्देशित ‘निरफूल’ र सरोज पौडेल लिखित तथा निर्देशित ‘वेलकम टु हेम्जाकोट’।
यी सिनेमासम्म आएपुग्दा सबै मेकरहरुले गरेको गल्ती भनेको प्रचारमा हो। कोही सिक्वल भनेर बसे कोही स्टार भनेर बसे प्रचार गरेका केही गरेजस्तो गरे, केहीले त गर्दैगरेनन्। केही ढिला गरे। जसका कारणले कुन सिनेमा आयो र गयो समेत पत्तो पाएनन्। दर्शकको के कुरा अभिनय गरेका कलाकारले पनि आफ्नो फिल्म आए गएको थाहा नपाएको रेकर्ड छ।
यो शुक्रबार रिलिज दुबै सिनेमाको प्रचार शुन्य छ, नीरफूलको प्रचार कर्मकाण्डी छ भने वेलकम टु हेम्जाकोटको त केही छैन्।
‘नीरफूल’मा दयाहाङ राई केन्द्रिय भूमिकामा रहेका छन् र उनको जारी अझै चलिरहेकाले केही दर्शक आउलान कि भन्ने झिनो आशा छ तर त्यो आशा पूरा नहुन पनि सक्छ किनकी ‘जारी’सँगै रिलिज भएको दयाको ‘बिए पास’ वक्सअफिसमा गोल भएको थियो।
यस्तोमा यो साता रिलिज हुने दुई सिनेमाले पर्याप्त प्रचार नगरेकाले हलहरुमा शो गतिलो नपाउने पक्कापक्की जस्तै छ। यस्तै आमदर्शकहरुले पनि यी सिनेमाको बारेमा सोधिखोजी गरेको पाइएको छैन्।
ट्रेलरको भ्यूज हेर्दा ‘वेलकम टु हेम्जाकोट’ले केही लाख भ्यूज पाएको छ। यसैमा निर्माता मख्क परेका हुन भने किनिने भ्यूजले दर्शक तान्ने होइन क्यारे।
यस्तोमा हामी फेरी फल्प सिनेमाको संख्या थपिने निश्चित जस्तैछ। करौडौं लगानी गरेका निर्माता आखिर किन रिलिजमा यसरी प्रचार गर्न सेलाइ राखेका छन्। कि उनीहरुले प्रचारसम्म आइपुग्दा आफूहरू मुर्गा भइसकेको बूझिसकेर थप खुईलिन नचाहेका हुन्।
फेरी उही कुरो- बोल्नेको पिठो पनि विक्छ नबोल्नेको चामल पनि विक्दैन। तर अब चामल र पिठो नै छैन भने त के चिच्याउनु अनि चिच्याएर पनि के बेच्नु? होइन र?