प्रधानमन्त्रीले जवाफ दिइरहँदा संसदमा होहल्ला-Sutra News

प्रधानमन्त्रीले जवाफ दिइरहँदा संसदमा होहल्ला

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०

प्रतिनिधिसभाको बैठकमा होहल्ला भइरहेको छ । भारत भ्रमण तथा नागरिकता विधेयकसहितका विषयमा सांसदहरूले उठाएको प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिन थाल्दा सांसदहरुले होहल्ला गरिरहेका छन् ।



प्रधानमन्त्री प्रचण्डले बोलिरहँदा एमालेका सांसद सूर्य थापाले नियमापत्ति जनाएर सुरु भएको विरोध र होहल्ला चलिरहेको छ । सत्तापक्ष र प्रतिपक्षी सांसदहरु एकअर्काविरुद्ध होहल्ला गरिरहेका छन् ।

सांसदहरूले प्रतिनिधिसभा नियमावलीको कुन नियमअनुसार आफूले नियमापत्ति जनाएको हो खुलाउन सकेका छैनन् । तर, उनीहरू होहल्ला भने गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट