सेयर बजारमा सोमबार करेक्सन आएको छ । अघिल्लो दिन आइतबार करिब ५३ अंकले नेप्से बढेको थियो । बढेको मौकामा ट्रेडरहरूले बेच्ने भएकाले सूचकमा केही दबाव परेको अनुमान गरिएको छ । ट्रेडरहरूले थोरै मार्जिनमा किनबेच गर्ने भएकाले बजारमा त्यसको प्रभाव देखिइहाल्छ ।
यस दिन नेप्से सूचक १७.३८ अंकले घटेर १९०१.९९ विन्दुमा अडिएको छ । झन्डै २ अर्ब रुपैयाँको सेयर कारोबार हुँदा एउटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ ।
आज २७७ कम्पनीको ५६ लाख २० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १९ करोड ८९ लाख रुपैयाँसहित कारोबार रकममा शिवम् सिमेन्ट अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइजीआई प्रुडेन्सियल इन्सुरेन्स र चिलिमे हाइड्रोपावर परेका छन् ।
प्रतिक्रिया दिनुहोस्