राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै संविधान ट्रयाकमा : प्रधानमन्त्री-Sutra News

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै संविधान ट्रयाकमा : प्रधानमन्त्री

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गरेसँगै संविधान ट्र्याकमा आएको बताएका छन् ।



संसदको दुवै सदनले दुई पटक पास गरेर पठाएको विधेयक प्रमाणीकरण नगर्ने प्रवृत्ति दोहोरिने नजीर बसे भोलि के हुन्छ भन्दै प्रश्नसमेत गरेका छन् ।

“हामीले प्रतिनिधि र राष्ट्रियसभाबाट विधेयक पारित गरेर पठायौँ, फेरि दराजमा गएर थन्कियो भने हाम्रो हालत के हुन्छ,” उनले प्रश्न गरे, “हाम्रो लोकतन्त्रको भविष्य के हुन्छ ? हाम्रो यो संविधानको भविष्य के हुन्छ ? भन्ने प्रश्नलाई सबैले गहिरोसँग विचार गरौँ त ।”

सोमबार प्रतिनिधिसभा बैठकमा उठेको प्रश्नहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले संसदले दोस्रो पटक पास गरेको विधेयक तत्कालीन राष्ट्रपतिले प्रमाणीकरण नगर्दा संवैधानिक व्यवस्थाको उल्लंघन भएको बताए ।

उनले भने, ‘तर, कमा केही नभएको, अनिवार्य रुपमा गर्नुपर्ने प्रमाणीकरण नगरेर ठूलो संकटमा संविधान पुगेकै थियो । राष्ट्रपतिलाई कसै न कसैले थाहा दिनुपर्‍यो । दुव सदनबाट पास भएको थियो । दुई सदनबाट पारित भएर गएको दराजभित्र होला हेर्नुस् त भनेर सरकारले जानकारी गरायो ।’

यद्यपि, अब यो विषय अदालतमा पुगेको र अल्पकालीन अन्तरिम आदेश आइसकेको भन्दै उनले अदालतको फैसला आएपछि फेरि बहस गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट