‘बुलाकी’ निर्देशक लक्ष्मण सुनारले नयाँ सिनेमा ‘फनफनी’ निर्देशन गर्ने भएका छन्।
‘बुलाकी’ वक्सअफिसमा फ्लप भएको थियो भने समीक्षकीय रुपमा पनि सिनेमाले खासै गतिलो प्रतिक्रिया पाउन सफल भएको थिएन।
सिनेमा हास्यरसमा पारिवारिक कथा पस्कने बताइएको छ।
सिनेमालाई हरि मल्ल ठकुरी तथा गणेश मल्ल ठकुरीले संयूक्तरुपमा निर्माण गर्नेछन्।
तिहारपछि फ्लोरमा जाने तयारीमा रहेको सिनेमा हाल अभिनेता आर्यन अधिकारीको मात्र टुङ्गो लागेको छ।
बाँकी कास्ट तथा क्रु फाइनल गरेर निर्माणपक्षले सिनेमाको औपचारिक घोषणा गर्ने तयारी निर्माण पक्षले गरेको छ।