यौन दुर्व्यवहारको आरोपित कृषि वैज्ञानिक चार लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् । जिल्ला अदालत खोटाङका न्यायाधीश सुभाषबाबु पुरीको इजलासले सोमबार थुनछेक बहसपछि उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो।
राईविरुद्ध यौन दुर्व्यवहारको अभियोगमा जिल्ला अदालत खोटाङमा मुद्दा दायर भएको थियो । उनलाई वैशाख २९ गते जिल्ला प्रहरी कार्यालय खोटाङले पक्राउ गरेको थियो।
राईले बालबालिकासम्बन्धी ऐन २०७५ को दफा ६६ को उपदफा ३ (क, (ग) (ङ) अन्तरगतको कसुर गरेको आरोप लागेको छ।
राईले सञ्चालन गरेको शुभद्रा मदन फाउन्डेसनमै अध्ययनरत बालिकाले बाल यौन दुरुपयोगको कसुरमा जाहेरी दिएकी थिइन्।
यसअघि प्रहरी र सरकारी वकिल कार्यालयले उनीसँग जेठ ३ गते बयान लिएका थिए । बयानका क्रममा उनले यौनजन्य गतिविधि गरेको स्वीकार गरेका छन् । उनले आफूले यौन शिक्षा दिएको दाबी बयानमा गरेका थिए । उनी दोषी हुन् या होइनन् भन्ने फैसला आदेशमा आउने अदालतले बताएको छ।