८७ अफगानिस्तानीलाई विष खुवाइएको पुष्टि-Sutra News

८७ अफगानिस्तानीलाई विष खुवाइएको पुष्टि

सोमबार, २२ जेष्ठ २०८०

सोमबार, २२ जेष्ठ २०८०
Hazara tribe schoolgirls receive treatment for suspected poisoning at a hospital in Herat, west of Kabul, Afghanistan, Monday, Aug. 31, 2015. More than 100 schoolgirls and teachers were hospitalized, officials from Herat regional hospital told reporters. (AP Photo/Hoshang Hashimi)

अफगानिस्तानको एक ग्रामीण क्षेत्रमा दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइएको स्थानीय प्रशासनले जनाएको छ ।



अफगानिस्तानको उत्तरी सार–ए–पोल प्रान्तको सञ्चारक जिल्लामा आइतबार एक प्राथमिक विद्यालयका दर्जनौं छात्रासहित ८७ जनालाई विष खुवाइएको प्रान्तीय सूचना तथा संस्कृति निर्देशक मुफ्ती अमिर सारिपुलीतले सोमबार जानकारी दिएका हुन् ।

सरिपुलितले भने, “सञ्चारक जिल्लाको काबोद अब क्षेत्रमा रहेको फैजाबाद छात्रा विद्यालयका ७७ जना विद्यार्थी, सात जना शिक्षक, पाँच जना अभिभावक र एक जना कर्मचारीलाई विष खुवाइएको थियो । उनीहरूको अवस्था स्थिर छ ।”

अधिकारीका अनुसार घटनाबारे अनुसन्धान सुरु गरिएको छ । गाउँलेका अनुसार आइतबार ८० जना विद्यार्थीसहित ८७ जना एक्कासि बिरामी परेपछि उनीहरूलाई अस्पताल लगिएको थियो । उनीहरूलाई कसरी विष आक्रमण गरियो भन्नेबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट