७ पटकको बालोन डी’ओर अवार्ड विजेता लिओनल मेस्सीको पिएसजीको यात्रा क्लर्मन्ट फुटसँग ३-२ ले हारेसँगै अन्त्य भएको छ । आर्थिक रुपले समस्या रहेको भन्दै बार्सिलोनाले २०२१ को ‘समर टान्सफर’ मा मेस्सीलाई पिएसजीसँग २ वर्षको सम्झौता गरेको थियो । सम्झौताको समय अवधी सकिएसँगै अब मेस्सीको यात्रा कता रहने भन्ने विषयमा फ्यानहरुमा चासो बढ्न थालेको छ ।
मेस्सीको सम्झौता समाप्त भएसँगै युरोपका विभिन्न क्लबहरुले आँखा लगाइरहेका छन् । मेस्सीलाई पूर्ण बार्सिलोनामा फर्काउन पनि कोशिसहरु भईराखेका छन् । यसैबिच, गत सिजन अल नसरमा रोलान्डो भित्राएको साउदी लिगले यो सिजन मेस्सीलाई भित्राउन हर कदम चाली रहेको छ । विभिन्न अन्तराष्ट्रिय सन्चार माध्यमले मेस्सीको साउदी अरब जाने सम्भावना उच्च रहेको जनाएका छन् । सामाजिक सन्जालहरुमा पनि मेस्सी पूर्ण बार्सीलोनामा फर्किने भन्दा साउदीको क्लबबाट खेल्ने भन्ने विषयमा चर्चा हुन थालेको छ ।
तर मेस्सीले अहिलेसम्म कुन क्लबबाट खेल्ने भन्ने आधिकारिक धारणा दिएका छैनन् । मेस्सी र पिएसजीले फेरि सम्झौता नविकरण गर्ने समेत चर्चा भइरहेको छ । तर उनले क्लबको वेभसाइट मार्फत पिएसजी र क्लबका फ्यानलाई धन्यवाद र शुभकामना दिदाँ यो सम्भावना भने निकै कम रहेको अनुमान गरिएको छ। बार्सिलोनाका कोच र मेस्सीका पुर्व टिम मेट जाबीले अर्को हप्ता मेस्सीले आफ्नो भविष्य कुन क्लबमा रहने बताउँने बताएका छन् । योसँगै उनले मेस्सीको लागि बार्सिलोनाको ढोका सधैं खुल्ला हुने समेत बताएका छन् ।
डेभिड बेक्यामको अमेरिकन क्लब इन्टर मियामीले मेस्सीलाई लामो समयदेखि आफ्नो क्लबमा आवद्द गर्ने कोसिस गरिरहेको छ । पिएसजीसँग सम्झौता सकिएसँगै इन्टर मियामीले पनि मेस्सीलाई आफ्नो क्लबमा ल्याउँन सक्दो कोसिस गर्नेछ ।
भिडियोमा पनि हेर्नुस्
गुणस्तर लिगको कुरा गर्नुपर्दा साउदी प्रो लिग ५८औँ मा मूल्याङ्कन गरिन्छ । मेस्सीसँग सधै जोडिदै आउँने नाम रोलान्डोले आउँने सिजन पनि अल नसरबाट खेल्ने पक्का जस्तै भएको छ । उनले साउदी प्रो लिग आगामी ५ वर्षमा विश्वको ५ औं राम्रो लिग हुन सक्ने समेत बताएका थिए । रोलान्डोले भनेजस्तै साउदी अरबका विभिन्न सरोकारवालाहरु उच्च लगानीका साथ विश्व फुटबलको ध्यान आफू तिर केन्द्रित राख्न कोशिस गरिरहेका छन् । मेस्सीसँगै बेन्जिमा, नेमार, पेपे र लुका मोड्रिकलाई पनि साउदीका क्लबहरुले आखा लगाईरहेका छन् ।
भावनात्मक रुपमा धेरैले मेस्सी पूर्ण बार्सिलोना फर्केर आफ्नो फुटबलको बाँकी जिवन सोहि क्लबमा समाप्त गरेर बाँकी जिवन बार्सिलोनासँगै कुनै हिसाबले जोडिएर बसुन भन्ने चाहन्छन् । तर जसरी रोनाल्डोले म्यानचेस्टर युनाइटेडबाट साउदी क्लब अल नसरमा यात्रा तय गर्दा सामाजिक सन्जाल तातियो त्यसरी नै मस्सीको हकमा नहोला भन्न सकिन्न । यसको लागि साउदी अरबले मेस्सी हर किसिमले फकाउँने छ । यदि यो सम्झौता सम्भव भयो भने मेस्सीको यो निर्णयले धेरै फुटबल फ्यानहरुलाई निराश बनाउँने छ ।
फेसबुकभिडियोमा पनि हेर्नुस्