अभिनेता मदनकृष्ण श्रेष्ठको आँखाको शल्यक्रिया गरिएको छ । सोमबार तिलगंगा आँखा प्रतिष्ठानमा उनको दाहिने आँखामा भएको मोतीबिन्दुको शल्यक्रिया गरिएको हो ।
शल्यक्रिया सफल भएपछि अभिनेता श्रेष्ठले गर्वका साथ सामाजिक सञ्जालमा स्टाटस पोस्ट गरेका छन् । मोतीबिन्दुको शल्यक्रिया गर्दा आफ्नै देशको तिलगंगा आँखा अस्पतालमा बनेको लेन्स राख्न पाउँदा मलाई गर्व महसुस भएको छ ।’ उनले फेसबुकमा लेखेका छन् ।
अभिनेता श्रेष्ठको आँखाको शल्यक्रिया सन्दुक रुइत, रिता गुरुङ र गोविन्द पौड्यालसहितको टोलीले गरेको थियो । शल्यक्रियापछि उनको आँखामा प्रतिष्ठानमै उत्पादित इन्ट्राकुलर लेन्स राखिएको थियो ।