आज विश्व खाद्य स्वच्छता दिवस-Sutra News

आज विश्व खाद्य स्वच्छता दिवस

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

काठमाडौं- आज विश्व खाद्य स्वच्छता दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । नेपालले ‘खाद्य पदार्थमा मापदण्ड, जीवन रक्षाको आधारस्तम्भ’ भन्ने नारा तय गरेको छ ।



नेपालले जेठ १८ गतेदेखि २४ गतेसम्म सप्ताहव्यापी रूपमा विभिन्न कार्यक्रम गरी देशैभर विश्व खाद्य स्वच्छता दिवस मनाइरहेको छ ।

संयुक्त राष्ट्र संघले वर्ष २०२३ का लागि ‘खाद्य स्वच्छताले जीवन बचाउँछ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘सफा नेपाल स्वस्थ नेपाली’को लक्ष्य हासिल गर्न सन्तुलित, पोषिलो तथा स्वच्छ खाद्य पदार्थको उपभोग गर्न र व्यक्तिगत सरसफाई कायम राख्न अपिल गरेका छन् ।

त्यसैगरी, खाद्य प्रशोधन उद्योगमा सधैँ असल गुणस्तरयुक्त उत्पादन अभ्यास अवलम्बन गर्दै प्रभावकारी नियमन एवम् स्वीकृत मापदण्डहरूको कार्यान्वयनमा ध्यान दिन विशेष आग्रह गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट