राष्ट्रिय सभा बैठक: प्रधानमन्त्रीले सम्बोधन गर्दै-Sutra News

राष्ट्रिय सभा बैठक: प्रधानमन्त्रीले सम्बोधन गर्दै

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

काठमाडौं– राष्ट्रिय सभाको बैठकमा आज (बुधबार) प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सम्बोधन गर्ने भएका छन्। राष्ट्रिय सभाको बैठक बुधबार बिहान ११:११ बजेका लागि बोलाइएको छ।



बैठकमा प्रधानमन्त्री प्रचण्डले आफ्नो भारत भ्रमणबारे जानकारी गराउनेछन्। यस्तै, नागरिकता विधेयक लगायत सांसदहरुले उठाएका समसामयिक विषयबारे जवाफ दिनेछन्।

यसअघि मंगलबार बस्ने भनिएको राष्ट्रिय सभाको बैठक विशेष कारणले भन्दै बुधबारका लागि सारिएको थियो।

बुधबारको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमान (बजेट)माथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची पनि छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट