काठमाडौँ- मन्त्रिपरिषद् बैठक सिंहदरबारमा जारी रहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसिरहेको बैठकको अजेन्डा भने सार्वजनिक गरिएको छैन ।
प्रधानमन्त्री भारत भ्रमणबाट फर्केपछि प्रमुख प्रतिपक्ष दललगायतको आक्रामण खेपिरहेको सरकारले सो बैठकमा भारत भ्रमणको समिक्षा गर्ने बुझिएको छ ।
मंगलबार मन्त्रिपरिषद् बैठक बस्ने गरे पनि आज बुधबार बसेको छ।