जरा हटके जरा बचके: निर्माताले २.५ लाख टिकट आफैं किने, मानिसहरुले सोधे-कसरी हिट?-Sutra News

जरा हटके जरा बचके: निर्माताले २.५ लाख टिकट आफैं किने, मानिसहरुले सोधे-कसरी हिट?

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

केहि दिन यता भारतीय संचारमाध्यमले गत शुक्रबार रिलिज भएको विक्की कौशल तथा सारा अलि खान स्टारर ‘जरा हटके जरा बचके’ सिनेमाले वक्सअफिसमा सुखद कमाइ गरेको र अर्को सातासम्म लगानी उठाउने समाचारहरु प्रकाशित गरेका थिए।



तर हाल आएर सिनेमाको वक्सअफिस कमाइलाई लिएर नयाँ खुलासा भएको छ।

नयाँ खुलासा अनुसार सिनेमाका निर्माताले झण्डै २.५ लाख टिकट आफैले किनेको बताइएको छ।

उनले सिनेमालाई जबरदस्ती सफल देखाउनका लागि यो हर्कत गरेको बताइन्छ। यो खबर बाहिरिएसँगै सिनेमाको कमाइलाई लिएर संशय उत्पन्न भएको छ। निर्माताको यस कार्यले उनलाई नाफा नभई घाटा भएको बताइन्छ।

सिनेमालाई चलेको देखाउन निर्माताले एक टिकटमा अर्को फ्रिको अभियान चलाएका थिए।

यस्तै केही स्थानमा टिकटसँग पपकर्न निःशुल्क गरिएको पनि भारतीय संचारमाध्यमहरुले जनाएका छन्।

निर्माताले रिलिजको दिनदेखी सोमबारसम्म २.५ लाख टिकट किन्न ५.३० करोड भारु खर्च गरेको संचारमाध्यमहरुले उल्लेख गरेका छन्।

सिनेमाले चार दिनमा २५ करोड भारु कमाएको दाबी गरिएको छ। सिनेमा ४० करोडको लागतमा निर्माण भएको हो।

मंगलबार निर्माणपक्षले सिनेमाका मुख्य कलाकार विक्की कौशल र सारा अलि खानसहितको पत्रकार सम्मेलन आयोजना गर्ने घोषणा गरेको भएपनि संचारमाध्यमहरुले कमाइको तथ्यमाथि प्रश्न उठाएपछि सो कार्यक्रम रद्ध गरिएको छ।

यो तथ्य बाहिरिएको भएपनि सिनेमाका निर्माता दिनेश विजेनले एक टिकटमा अर्को टिकटको स्किम दोश्रो सातामा पनि जारी राख्ने तयारी गरेका छन्। यसपटक उनले ३ लाख बढी टिकट निशुल्क बाँड्ने योजना बनाएका छन्।

यसबाट उनलाई ७.५० करोड भारुको थप भार पर्नेछ।

नेपालमा पनि बेलाबेलामा निर्माताहरुले ओपनिङ विकमा दर्शक भरिभराउको नाटक गर्न यसैगरी टिकटहरु किनेर बाँड्ने गर्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट