गत शुक्रबार ओडिशामा भएको रेल दुर्घटनामा ज्यान गुमाउने २७५ मध्ये तीन जना नेपाली नागरिकको निधन भएको खुलेको छ ।
ओडिशा टिभीको रिपोर्टअनुसार अहिलेसम्म चारजना नेपाली नागरिक रेल दुर्घटनामा परेको खुलेको हो । जसमध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते अवस्थामा उपचाररत छन् ।
कटकको एससीबी मेडिकल कलेजमा १५ वर्षीय एक बालकको उपचार चलिरहेको छ । दुर्घटनामा नेपालीको मृत्यु भएकोबारे स्थानीय सञ्चारमाध्यममा आए पनि आधिकारिक पुष्टि भने भइसकेको छैन ।
दिल्लीस्थित नेपाली दूतावासले मिडिया रिपोर्टबाट आएको जानकारीबारे विदेश मन्त्रालय तथा नेपाली समुदायसँग बुझ्ने प्रयास भइरहेको जनाएको छ ।