मेस्सीद्वारा साउदी अरेबिया जान अस्वीकार-Sutra News

मेस्सीद्वारा साउदी अरेबिया जान अस्वीकार

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

लियोनल मेस्सीको पेरिस सेन्ट जर्मेन(पिएसजी)सँगको सम्झौता जुन ३० मा सकिँदैछ । महँगो मूल्यमा साउदी अरेबियाको अल हिलाल जाने चर्चा चले पनि मेस्सी स्वयम‍्ले अस्वीकार गरेको समाचार बाहिरिएको छ ।



योसँगै बार्सिलोना जान सक्ने बताइएको छ । यता अमेरिकी मेजर सकर लिग क्लब इन्टर मियामीले पनि मेस्सीलाई भित्र्याउने प्रयास गरिरहेको छ ।

मेसीले साउदीको अल हिलाल नजाने बताए पनि बार्सिलोना र इन्टर मियामीबारे केही प्रतिक्रिया नदिएको बताइएको छ ।
एथलेटिकका अनुसार, लियोनेल मेस्सीको निर्णय अब इन्टर मियामी र बार्सिलोनामध्ये एक हुनेछ ।

समाचारका अनुसार बार्सिलोनाका अध्यक्षले मेस्सीका एजेन्टसँग भेटघाट गरेका छन् । तर बार्सिलोनाले अहिलेसम्म मेस्सीका लागि आधिकारिक निर्णय गरिसकेका छैन। लियोनल मेस्सीले यसै साता आफ्नो निर्णय घोषणा गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट