धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४.६८ अङ्कले बढेर १९३२.३३ विन्दुमा पुगेको छ ।
विभिन्न कम्पनीका ६५ लाख ४१ हजार ३८८ कित्ता शेयर दुई अर्ब ३६ करोड ८८ लाख १५ हजार ६३५ मूल्यमा खरिद बिक्री भएका छन् । नेप्सेका अनुसार कारोबार रकमका आधारमा सोल्टी होटल शीर्षस्थानमा छ । सोल्टी होटलको १० करोड १३ लाख १० हजार ७३४ बराबरको कारोबार भयो ।
नेप्सेका अनसार, युनिक नेपाल लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । खप्तड लघुवित्त आठ दशमलव शून्य दुई प्रतिशतले घटेको छ ।
आजको कारोबारपछि बजार पुँजीकरण २८ खर्ब २० अर्ब ९९ करोड पुगेको छ ।