मृत्यु भइसकेको व्यक्तिको नामा सामाजिक सुरक्षा भत्ता वितरण-Sutra News

मृत्यु भइसकेको व्यक्तिको नामा सामाजिक सुरक्षा भत्ता वितरण

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

तनहुँका स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई सामाजिक सुरक्षा भत्ता वितरण गरेको पाइएको छ । जिल्लाका अधिकांश स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिको खातामा रकम निकासा गरेको छ ।



गत आर्थिक वर्ष २०७८/७९ मा जिल्लाका विभिन्न पालिकाले पाँच लाख २५ हजार २३३ मृत्यु भएका व्यक्तिको खातामा पठाएको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख छ । देवघाट गाउँपालिकाले २४ हजार चार सय, घिरिङ गाउँपालिकाले एक लाख ३५ हजार ९८०, भानु नगरपालिकाले ५३ हजार ६१०, आँबुखैरेनी गाउँपालिकाले २४ हजार ४००, बन्दीपुर गाउँपालिकाले २४ हजार १३१, भिमाद नगरपालिकाले २९ हजार ३१४, ऋषिङ गाउँपालिकाले एक लाख १६ हजार ६३० र शुक्लागण्डकी नगरपालिकाले एक लाख १६ हजार ७५८ मृत्युपश्चात् भुक्तानी गरेको छ ।

सामाजिक सुरक्षा नियमावली २०७६ को नियम १३ मा सामाजिक सुरक्षा भत्ता पाउने व्यक्तिको मृत्यु भएमा उक्त लाभग्राहीलाई भत्ता पाउने सूचीबाट हटाई मृत्यु भएको दिनदेखि भत्ता दिन रोक्नुपर्ने व्यवस्था भएकामा स्थानीय तहले मृत्यु भइसकेका व्यक्तिलाई पनि रकम निकासा गरेकाले त्यस्तो कार्य सुधार गर्न सुझाव दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट