भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरिसकेका छन्, प्रमाण देखाउँछु : प्रधानमन्त्री-Sutra News

भारतसँग भूमि सट्टापट्टाबारे अरूले निर्णय नै गरिसकेका छन्, प्रमाण देखाउँछु : प्रधानमन्त्री

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारतसँग भूमि सट्टापट्टाबारे निर्णय भइसकेको जानकारी दिएका छन् ।



बुधबार बसेको राष्ट्रिय सभा बैठकमा आफ्नो भारत भ्रमण, नागरिकता विधेयक प्रमाणीकरणबारे उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले भारतसँग भूमि सट्टापट्टाबारे अरूले नै निर्णय गरिसकेका र यसको प्रमाण समय आएपछि देखाउने बताएका हुन् ।

यसबारे बैठकमा प्रधानमन्त्री प्रचण्डले भने, ‘नेपालको राष्ट्रको अहित यहाँ भयो भन्ने ठाउँ कहीँ छैन । साथीहरूले भन्नुभयो–सट्टापट्टा भन्यो । मैले भनेकै होइन, मैले यसो पनि विगतदेखि यो तर्क पनि छ भनेँ। मैले अहिले प्रमाण ठ्याक्कै देखाउन त सकिनँ, समय सायद आउँछ, प्रमाण पनि देखाउन सक्छु ।’

राष्ट्रियसभामा बोल्दै उनले भनेका छन्,‘अहिले जो–जो पार्टी नेताहरूले यो सट्टा भन्ने शब्द आँ…पनि गर्नुहुन्थेन भन्नुभएको छ, उहाँहरूले सट्टाको कुरा निर्णय गराउनु भएको छ । कुनै दिन समय आउला । तर, म के भन्छु भने, नेपालको राष्ट्रिय हितको पक्षमा, नेपाली जनताको बृहत्तर विकास र समृद्धिको हितको पक्षमा आफ्नो विवेकले भ्याए जति गरेँ मैले भन्ने छ , मलाई गर्व छ, म खुसी छु ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट