५४ भूमिहीनले पाए लालपुर्जा-Sutra News

५४ भूमिहीनले पाए लालपुर्जा

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

झापा र इलामका भूमिहीन तथा सुकुम्वासीले जग्गाधनी लालपुर्जा पाएका छन् । बुधबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रन्जिता श्रेष्ठलेले दुई जिल्लाका ५४ परिवार भूमिहीनलाई जग्गाधनी लालपुर्जा प्रदान गरेकी हुन् । झापाको कनकाई नगरपालिकाका २९ र इलामको चुलाचुली गाउँपालिकाका २५ परिवारले लालपुर्जा पाएका हुन् ।



‘यो देशमा हजारौँ भूमिहीन दलित तथा सुकुम्वासीहरू हुनुहुन्छ, उहाँहरूको पिडा र मर्का मलाई राम्रैसँग थाहा छ । आज उहाँहरूलाई जग्गाधनी पुर्जा दिने ठाउँमा पुगेको छु’मन्त्री श्रेष्ठले भनिन्, ‘मैले नेतृत्व लिएर आएदेखि देशभर भूमिहीनहरूलाई जमिन उपलब्ध गराउनका निम्ति तीव्र रूपमा काम भइरहेको छ ।’

भूमिहीन दलित सुकुम्वासीहरूलाई भूमिमाथिको पहुँच पुर्‍याउने उद्देश्यका साथ तीन तहका सरकारको साझा कार्यक्रमको रूपमा अघि बढिरहेको भन्दै अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने मन्त्री श्रेष्ठले बताइन् ।

‘संविधानले दिएको अधिकार अनुसार अब कोही पनि नेपालीहरू भूमिहीन हुनु पर्दैन । मेरो कार्यकालभित्रै भूमिहीनहरूको समस्या समाधान गर्ने गरी काम गरिरहेको छु’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट