नक्कली शरणार्थी प्रकरण : आज १२ कानुन व्यवसायीले गरे बहस-Sutra News

नक्कली शरणार्थी प्रकरण : आज १२ कानुन व्यवसायीले गरे बहस

बुधबार, २४ जेष्ठ २०८०

बुधबार, २४ जेष्ठ २०८०

नक्कली भुटानी शरणार्थी प्रकरणमा बुधबार केशव दुलाल, सानु भण्डारी र टंक गुरुङको पक्षबाट १२ कानुन व्यवसायीहरूले बहस गरेका छन् ।



काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा आजदेखि अभियुक्तहरूको तर्फबाट कानुन व्यवसायीले बहस गरेका हुन् ।

अभियुक्तमध्येका केशव दुलालका तर्फबाट अधिवक्ता विकास भट्टराईले बहस सुरु गरेका हुन् । भट्टराईपछि दुलालको पक्षमा अधिवक्ताहरु विकास थापा, राजन भट्टराई, नरेन्द्र योगी र वरिष्ठ अधिवक्ता विश्वास आचार्यले बहस गरे ।

त्यस्तै, अर्का अभियतुक्त सानु भण्डारी र टंक गुरुङको तर्फबाट संयुक्त रुपमा अधिवक्ताहरु विनोद शर्मा, चुडामणी पोख्रेल, शिवप्रसाद रिजाल, साधुराम सापोटा, शरदप्रसाद कोइराला, षडानन्द कँडेल र नीरसिंह कुमार खत्रीले बहस गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट