पूर्वउपप्रधानमन्त्री तथा राष्ट्रियसभा सदस्य बामदेव गौतमले विदेशबाट खाद्यवस्तु ल्याउन रोक्नु पर्ने बताएका छन् ।
पूर्वउपप्रधानमन्त्री गौतमले राष्ट्रियसभामा आर्थिक वर्ष २०८०/८१ को बजेटमाथि छलफलमा विदेशबाट खाद्यवस्तु आयातमा प्रतिबन्ध नलगाएसम्म आत्मनिर्भर नहुने धारणा व्यक्त गरे ।
‘आगामी आर्थिक वर्षभित्र खाद्यवस्तुमा आन्तनिर्भरता, कृषिभूमिको चक्लावन्दी, कृषि उत्पादनको व्यवसायीकरण गरिनुपर्छ’ उनले भने, ‘औद्योगिकरण, राष्ट्रिय बजारको संरक्षण तथा आत्मनिर्भरता, सुनिश्चितभन्दा पहिले खाद्यवस्तुको निर्यातमा रोक लगाउनुका साथै विदेशबाट सम्पूर्ण खाद्यवस्तुको आयातमा प्रतिबन्ध लगाउनुपर्छ ।’
पूर्वउपप्रधानमन्त्री गौतमले नेपालमा २६ लाख हेक्टर कृषियोग्य भूमि रहेको उल्लेख गर्दै कृषिलाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने हो भने प्रतिवर्ष १० लाख जनालाई रोजगारी दिन सकिने बताए ।
कित्ताकाट खुलाएर सरकारले अझै धेरै टुक्रा बनाउने नीति लिएको उनको आरोप छ ।