कैलालीमा मोटरसाइकलको पछाडिबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
जिल्लाको भजनी जगरपालिका –८ का ओमप्रकाश डगौराले चलाएको बा.५६ प.४६२१ नंम्बरको मोटरसाइकल पछाडि सवार सोहि ठाउँकी ५० वर्षीया जानकीदेवी डगौराको मृत्यु भएको हो ।
भजनी नगरपालिका–३ ठेकीपुलदेखि भजनी गोरचौरा जादै गर्दा ठेकीमा खसेकी थिइन्। डगौरा आफै पछाडिबाट खसेपछि टाउकोमा गम्भिर चोट लागेको थियो ।
उनको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।