मौसम विभागले भन्यो-सकेसम्म ५ दिन बाहिर ननिस्कनुस्, प्रत्येक ४५ मिनेटमा पानी पिउनुस्-Sutra News

मौसम विभागले भन्यो-सकेसम्म ५ दिन बाहिर ननिस्कनुस्, प्रत्येक ४५ मिनेटमा पानी पिउनुस्

बिहिबार, २५ जेष्ठ २०८०

बिहिबार, २५ जेष्ठ २०८०

जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बढ्दो गर्मीलाई मध्येनजर गरेर ५ दिनसम्म अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्किन सुझाव दिएको छ । अबको ५ दिन तराईमा तातो हावा र लू लाग्न सक्ने भन्दै मौसम पूर्वानुमान महाशाखाले यस्तो निर्णय गरेको हो ।



महाशाखालेअझै तराईका भू-भाग र पहाडमा अझै गर्मी बढ्न सक्ने बताएका छन् ।

अहिले तराईका भू-भागमा गर्मी बढेको कारण जनजीवन प्रभावित भईरहेको छ । पूर्व, मध्य र पश्चिम तराईका जिल्लामा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा पनि माथि पुगेको रेकर्ड रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गर्मी बढेसँगै तराईका धेरै विद्यालयले बिदा समेत दिएका छन् ।

गर्मीको समयमा स्वास्थ्यलाई अलि बढी ख्याल राख्नुपर्छ किनकि यो समय धेरै खाले समस्याहरु आउँन सक्छन् ।
गर्मीबाट कसरी बच्ने ?

दिउँसोको समयमा चर्को घाम लाग्ने हुनाले बिहान ११ बजे देखि साँझ ५ बजेसम्म घर बाहिर नजानु होला । यदि अत्यावश्यक कामले घर बाहिर जानु छ भने पनि छाता लिएर जानुहोला ।

सबै भन्दा महत्वपूर्ण कुरा पानी प्रशस्त पिउँनुहोला । पानी पिउनको लागि प्रत्येक ४५ मिनेटको अर्लाम राख्नुहोला र अर्लाम बज्ने बित्तिकै आफुलाई चाहिने प्रशस्त पानी पिउनु होला ।

तरबुजा, काक्रा, स्याउ जस्ता फलफुल र सकेसम्म फलफुलकै जुस प्रशस्त्र मात्रामा खानुहोला ।

साँझको बेला हल्का भोजन गर्नुहोला । तारेको र बढी चिल्लो, पिरो नखानुहोला ।

गर्मीको बेला मदीरा सेवन गर्दै नगर्नुहोला ।

नुन, चिनी तथा कागतीको जुस बनाएर प्रशस्त मात्रामा खानु होला ।

कपासबाट बनेका पातलो लुगा लगाउँनुहोला जसले तपाईंको शरिरलाई केही हद सम्म गर्मी कम गर्नेछ ।

काम परेर बाहिर निस्किदा सनस्क्रिन लगाउँनुहोला जसले तपाईंलाईं सूर्यको हानिकारक किरणहरूबाट बचाउँने छ ।
यदि एसीमा बसिरहनु भएको छ भने एक्कासी बाहिर घाममा नजानुहोला ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट