चर्चित बलिउड कोटरुम ड्रामा ‘जोली एलएलबी’को तेश्रो संकरण बन्ने पक्का भएको छ।
योसँगै यस संस्करणमा पहिलो संस्करणका जोली अरशद वारसी र दोश्रोका जोली अक्षयकुमार एकसाथ आउने पनि निश्चित भएको छ।
अभिनेता अरशद स्वयंले यसको पुष्टि गरेका हुन्। हाल उनी अभिनित ‘असुर २’ ओटिटीमा रिलिज भइसकेको छ भने ओटिटिका दर्शकले यसलाई मनपराएका छन्।
अरशदले एक भारतीय संचारमाध्यमलाई दिएको अन्तरवार्तामा यसको पुष्टि गरेका हुन्। उनका अनुसार सिनेमाको सुटिङ आगामी वर्ष सुरु हुनेछ।