काठमाडौँ- अमेरिकी सैन्य सुराकी विश्लेषक तथा कुटनितिज्ञ भिक्टोरिया आन रिज्याक नेपाल आइपुगेकि छिन् । कतार एयरवेजको विमानमार्फत बिहीबार अपराह्न अमेरिकी कूटनीतिज्ञ तथा सुराकी विशेषज्ञ भिक्टोरिया नेपाल आइपुगेकी हुन् ।
भिक्टोरियासँग विश्वका विभिन्न मुलुकको सैन्य सुराकीसम्बन्धी लामो अनुभव रहेको बताइन्छ । उनी कोरियास्थित अमेरिकी जल सेनाको टोलीमा सुराकी योजनाविज्ञ रुपमा सन् २०२० देखि २०२२ सम्म साढे दुई वर्ष कार्यरत थिइन् ।
त्यसैगरी सन् २०१८ को डिसेम्बरदेखि सन् २०१९ को डिसेम्बरसम्म एक वर्ष फ्रान्समा रहिन् । पेरिसस्थित अमेरिकी दूतावासमा उनी असिस्टेन्ट डिटेचमेण्ट कमाण्डर रहेको बताइन्छ। सोही हैसियतमा उनी बेइजिङस्थित अमेरिकी दूतावासमा डिसेम्बर २०१७ देखि २०१८ को डिसेम्बरसम्म एक वर्ष बसेकी थिइन् ।
त्यसअघि इजिप्टको राजधानी कायरोस्थित अमेरिकी दूतावासमा थिइन् । मरिन सेक्युरिटी गार्डको जिम्मेवारीमा उनी २०१६ डिसेम्बरदेखि २०१७ डिसेम्बरसम्म कार्यरत रहेको बताइन्छ । उनी सन् २०१२ सेप्टेम्बरदेखि अक्टोबर २०१६ सम्म अमेरिकी जलसेनाको साइबरस्पेस कमाण्डमा साइबर इन्टेलिजेन्स अनालिष्टको हैसियतमा थिइन् ।
स्रोत भन्छ, ‘अन्ना मे २०१० देखि अगष्ट २०१२ सम्म अमेरिकी जलसेनाको जापानस्थित थ्रीडी मरिन लजिस्टिक ग्रुप, सीएलआर ३७ मा अल सोर्स इन्टेलिजेन्स एनालिष्ट थिइन् । हिजो उनै अमेरिकी कूटनीतिज्ञ तथा सुराकी विशेषज्ञ नेपाल आएकी हुन् ।’
आगामी हप्ता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अमेरिका जाँदैछन्। त्यसअघि अमेरिकी कूटनीतिज्ञ नेपाल आउनुलाई चीनसँगको दाँजेर हेरिएको छ। चीनसँगको सम्बन्धमा अमेरिका र भारत एक ठाउँमा छन्।