हालै रिलिजको संघारमा रहेको ‘आदिपुरुष’मा सीताको भुमिकामा रहेकी कृति सेननलाई सिनेमाका निर्देशक ओम राउतले तिरुपति मन्दिर परिसरबाहिर गला लगाएर गालामा किस गरेपछि मन्दिरका पूजारी लगायतकाले आपत्ति जनाएका थिए।
यस प्रकरणमा टेलिभिजनबाट प्रसारण भएको ‘रामायण’ टेलिश्रृखंलामा सीताको भूमिकामा अभिनय गर्ने दीपिका चिखलियाले आपत्ति प्रकट गर्दै घटनाको आलोचना गरेकी छन्।
विवादमा के भनिन् त दीपिकाले
‘यो पिढिका अभिनेताहरुको समस्ये यही हो न चरित्रमा घुस्छन न त भावनालाई बुझ्छन्। उनीहरुका लागि रामायण सिर्फ सिनेमा होला। सायद उनीहरु योसँग आध्यात्मिकरुपमा जोडिन सकेका छैनन। कृति आजकी पुस्ताकी अभिनेत्री हुन्। आजको समयमा कसैलाई गला लगाउनु र चुम्बन गर्नु एउटा मिठो क्रिया मानिन्छ। उनले कहिले पनि आफूलाई सीता सम्झिनन् होला। यो भावनाको विषय बन्छ। मैले सीताको चरित्रलाई जिएको छु जबकी आजका अभिनेत्रूहरु यसलाई सिर्फ एउटा भूमिका ठान्दछन्। सिनेमा सकिएपछि उनीहरुलाई यसको कुनै मतलब पनि हुँदैन’, दीपिकाले भनिन्।
हाम्रो जमानामा यस्तो थिएन-दीपिका
जब हामी रामायण गरिरहेका थियौं त्यतिबेला कसैले हामीलाई हाम्रो नामले बोलाउने हिम्मत गर्दैनथियो। जब हामी हाम्रो पात्रमा हुन्थ्यौं कयौं मानिसहरु आएर हाम्रो पाउ छुन्थे। त्यो अलग युग थियो। त्यो ससमय हामीलाई कलाकारकारुपमा हेरिदैन थियो, हामीलाई भगवान मान्थे। हामी कसैलाई गला लगाउन सक्दैनथियौं, चुम्बन त परको कुरा। ‘आदिपुरुष’का कलाकार यो सिनेमा रिलिज भइसकेपछि अर्को सिनेमामा व्यस्त हुनेछन् र आफ्नो भूमिकालाई बिर्सनेछन, तर हामीसँग यस्तो कहिले पनि भएन। हामीसँग यस्तो व्यवहार गरिन्थ्यो की हामी भगवान नै हौं र यो दुनियाँमा बस्छौ। यही कारणले हामीले कहिले पनि मानिसहरुको भावनामा चोट पुग्ने काम कहिले पनि गरेनौं’, उनले भनिन्।
आदिपुरुष १६ जुनमा रिलिज हुँदैछ।