नाममा आपत्ति भए दुई तिहाइ ल्याएर परिवर्तन गरे भइहाल्छ : योगेश भट्टराई-Sutra News

नाममा आपत्ति भए दुई तिहाइ ल्याएर परिवर्तन गरे भइहाल्छ : योगेश भट्टराई

शुक्रबार, २६ जेष्ठ २०८०

शुक्रबार, २६ जेष्ठ २०८०

कोशी प्रदेश नामकरणको आन्दोलन आफ्नो पार्टीप्रति लक्षित भएको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।



प्रतिनिधिसभाको बैठकमा सहभागी हुँदै एमाले सांसद योगेश भट्टराईले सरकारले सुरक्षा दिन सक्दैन भने पार्टीले आफ्नो सुरक्षा आफै गर्नेसमेत बताएका छन् ।

‘मधेसमा एमालेलाई लखेट्ने भनियो, मधेसमा एमाले पहिलो पार्टी भयो, पूर्वमा एमालेलाई लखेट्ने भनियो, २०७० सालमा ताप्लेजुङदेखि पूर्वका धेरै ठाउँमा हाम्रै पार्टीले नै जीत हासिल गरेको छ,’ भट्टराईले भने, ‘प्रदेशको नाम के राख्ने हामी (केन्द्र) सँग मतलब छैन, त्यो प्रदेशको कुरा हो, कसैलाई नाममा आपत्ति भए दुई तिहाइ ल्याएर परिवर्तन गरे भइहाल्छ तर पहिचानको नाममा एमालेमाथि आक्रमण भइरहेको छ, यो सह्य छैन ।’

‘कहिले हाम्रो अध्यक्षमाथि हमला हुन्छ, कहिले मुख्यमन्त्रीमाथि हमला हुन्छ, सरकारी कार्यालयको साइन बोर्ड फ्याँकिएका छन्, यी सब सत्तारुढ दलका प्रतिनिधिहरूले गरिरहेका छन्, हामी भिडियो भने भिडियो, फोटो भने फोटो देखाउन तयार छौं,’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट