पाकिस्तानको कराँचीमा गोलाबारी : ५ महिनामा ६१ जनाको मृत्यु-Sutra News

पाकिस्तानको कराँचीमा गोलाबारी : ५ महिनामा ६१ जनाको मृत्यु

शुक्रबार, २६ जेष्ठ २०८०

शुक्रबार, २६ जेष्ठ २०८०

गत पाँच महिनामा पाकिस्तानको कराँचीमा सडक अपराध र गोलाबारीका घटनाहरूमा ६१ जनाको मृत्यु भएको छ ।



पाकिस्तानी स्थानीय मिडिया अवामी आवाजका अनुसार मे महिनामा कराँचीमा ७ हजार ८४३ सडक अपराधका घटनाहरू उल्लेख गरिएको छ ।

दुई दिनअघि कराँचीको गुलसन इकबालस्थित कामरान चौरङ्गीमा मोटरसाइकलमा आएका लुटेराहरूले विश्वविद्यालयको एउटा गाडी रोकेर त्यसमा सवार विद्यार्थी र शिक्षकलाई बन्दुक देखाएर लुटेर फरार भएका थिए ।

अवामी आवाजका अनुसार कराँचीमा खस्किँदो सुरक्षा व्यवस्था सिन्ध पुलिस र सिन्ध सरकारका लागि ठूलो चुनौती बनिरहेको छ ।

यसैबीच, पाकिस्तानी स्थानीय मिडियाले हालै उल्लेख गरेअनुसार पाकिस्तानले आफ्नो आर्थिक सङ्कट झेलिरहेको बेला अपराध झन् बढिरहेको छ। जनताले दैनिक उपभोग्य वस्तु धान्न सकेका छैनन् भने भोकमरी बढ्दै गएको छ ।

शैक्षिक संस्थामा हुने निराशा र असन्तुष्टिले गर्दा युवा पुस्ता लागूऔषध दुर्व्यसनीको सिकार बन्दै गएका छन् । पाकिस्तानमा हरेक दिन १,२०० युवा धुमपानको लतमा फसेका छन् र हरेक वर्ष झण्डै एक लाख मानिसहरूको यसबाट मृत्यु हुने गरेको छ । दैनिक ५ हजारभन्दा बढी मानिस अस्पतालमा भर्ना हुने गरेको पाकिस्तानी स्थानीय सञ्चार माध्यम डेली खबरले लेखेको छ ।
पाकिस्तानले खाद्य सङ्कट, पैसाको अवमूल्यन, बिजुलीको अभाव लगायत कारणबाट हाल सबैभन्दा खराब अवस्थाको सामना गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट