चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा-Sutra News

चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा

शुक्रबार, २६ जेष्ठ २०८०

शुक्रबार, २६ जेष्ठ २०८०

नेपाल राष्ट्र बैंकले चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको जनाएको छ ।



आर्थिक वर्ष २०७९/८० को १० महिनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे शुक्रबार राष्ट्र बैंकले जारी गरेको विवरणअनुसार समीक्षा अवधिमा चालु खाता ५४ अर्ब ६७ करोड रुपैयाँले घाटामा रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५ खर्ब ४५ अर्ब ६ करोड रुपैयाँले घाटामा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४ अर्ब ५५ करोडले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ४२ करोड ४५ लाखले घाटामा रहेको छ ।

समीक्षा अवधिमा पुँजीगत ट्रान्सफर २०.५ प्रतिशतले कमी आई ६ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ भने खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ३६ करोड रुपैयाँ मात्र आएको छ । अघिल्लो वर्षको सोही अवधिमा पुँजीगत ट्रान्सफर रु.७ अर्ब ९९ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी १६ अर्ब ६५ करोड रुपैयाँ रहेको थियो ।

गत वैशाख महिनामा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट एक्स्टेन्डेड क्रेडिट फसिलिटीअन्तर्गत दोस्रो किस्ताबापतको ६ अर्ब ८८ करोड रुपैयाँ (अमेरिकी डलर ५ करोड २७ लाख) प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट