चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ-Sutra News

चोरी मुद्दाका फरार प्रतिवादी ३१ वर्षपछि पक्राउ

शुक्रबार, २६ जेष्ठ २०८०

शुक्रबार, २६ जेष्ठ २०८०

कञ्चनपुरमा घरको भित्ता फोडेर चोरी गरेर फरार रहेका एक जना ३१ वर्षपछि पक्राउ परेका छन् ।



जिल्लाको साबिकको झलारी गाविस–५ का लालबहादुर ऐर बिहीबार पक्राउ परेका हुन् । उनलाई घरको भित्ता फोरेर चोरेको आरोपमा जिल्ला अदालत कञ्चनपुरले २०४९ मंसिर आठ गते तीन दिन कैद तोकेको थियो ।

ऐरलाई जिल्लाबाट खटिएको प्रहरी टोलीले बिहीबार आफ्नै घरमा लुकीछिपी रहेको अवस्थामा पक्राउ गरेको हो । उनलाई आज कञ्चनपुर जिल्ला अदालतमा पेस गराई तोकिएको सजाय भुक्तानको लागी कारागार चलान गरिएको प्रहरी निरीक्षक बहादुर चन्दले बताए ।

यसअघि हिजैमात्र कञ्चनपुरमा एक जना ३१ वर्षपछि पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट