रास्वपाविरुद्ध सातो जाने खालको घेराबन्दी छ : रवि लामिछाने-Sutra News

रास्वपाविरुद्ध सातो जाने खालको घेराबन्दी छ : रवि लामिछाने

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि अरु पार्टी अत्तालिएका बताएका छन् ।



शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले रास्वापालाई बाधा पुर्‍याउने तथा विभिन्न ठाउँबाट घेराबन्दी भइरहेको आरोप लगाएका छन् ।

‘तपाईहरुलाई लाग्ला रास्वपाको बाटो अब सहज छ, २०८४ मा त सजिलो हुन्छ । हो नेपाली जनताले देखाएको बाटो सहज छ तर सम्पूर्ण दलहरुले यो बाटोमा जुन घेराबन्दी गर्दैछन्, सातो जाने खालको छ तर हामी डराउँदैनौं’, उनले भने ।

तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक रोक्दा पनि आफ्नो पार्टीले विरोध गरेको र त्यसबेला संसदमा रहेका दलहरुले पनि अकर्मण्यता देखाएको लामिछानेले बताए । उनले अहिले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागकिरता विधेयक प्रमाणीकरण गर्नु पनि गलत भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट