गत साउनदेखि वैशाखसम्म नेपालमा झण्डै ५२ अर्ब विदेशीले खर्च गर्दा नेपालीले विदेशमा १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको १० महिनाको तथ्याङ्क अनुसार नेपालमा आउने पर्यटकहरूबाट ५१ अर्ब ८७ करोड रुपैयाँ भित्रिएको छ । यही अवधिमा विदेश जाने नेपालीले भने १ खर्ब २ अर्ब रुपैयाँ खर्च गरेका छन् ।
नेपालीले विदेशमा खर्च गर्ने रकमको ठूलो मात्रा शिक्षातर्फको रहेको छ । नेपालीले विदेशमा खर्च गरेको १ खर्ब दुई अर्ब ४९ करोड रुपैयाँमध्ये वैदेशिक शिक्षाको लागि मात्रै ७५ अर्ब १४ करोड रुपैयाँ बाहिरिएको छ।