ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता-Sutra News

ट्रम्पविरुद्ध अर्को फौजदारी मुद्दा दर्ता

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध फेरि अर्को आपराधिक मुद्दा दायर भएको छ । सन् २०२१ मा राष्ट्रपति चुनावमा पराजय भोगेपछि ‘क्लासिफाइड डकुमेन्ट्स’ घर लगेको विषयमा उनीविरुद्ध मुद्दा दायर भएको हो । ट्रम्पविरुद्ध ७ आरोप तय भएका छन् । जुन १३ तारिखका दिन उनलाई मियामी संघीय अदालतमा पेस हुन भनिएको छ ।



यसअघि अप्रिलमा उनीमाथि पोर्न स्टारलाई पैसा दिएर मामला गुपचुप पार्न खोजिएको आरोपमा मुद्दा दायर भएको थियो । यस मुद्दामा अदालतले अप्रिल ४ मा ट्रम्पमाथि ३४ आरोप लगाएको थियो । यद्यपि कुन–कुन आरोप लागेका छन् भन्ने अदालतले बताएको छैन ।

यता ट्रम्पले क्लासिफाइड डकुमेन्टको आरोप आधारहीन भएको बताएका छन् । ट्रम्पका वकिल जिम ट्रस्टीले सिएनएनलाई बताएअनुसार ट्रम्पविरुद्ध जासुसी ऐनअन्तर्गत आरोप दर्ता भएको छ । यस्तै षड्यन्त्र रच्ने, झुटो बयान दिने, न्यायमा खलल पुर्‍याउने, अभिलेखसँग खेलवाड गर्ने र नक्कली दस्तावेज बनाएको आरोप पनि लागेको छ ।

योबाहेक ट्रम्पमाथि थप १९ मुद्दा चलिरहेका छन् । यीमध्ये आधा जति मुद्दा उनी राष्ट्रपति हुँदा गलत आचरण गरेको विरुद्ध छन् । उनीमाथि चलेका धेरैजसो मुद्दा आर्थिक अनियमितता, २०२१ जनवरी ६ मा संसदमा भएको हिंसामा रहेको उनको भूमिका र २०२० को राष्ट्रपति चुनावमा हस्तक्षेप गर्ने प्रयासबारे छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट