आगामगी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली-Sutra News

आगामगी निर्वाचनमा एमालेले बहुमत ल्याउँछ : ओली

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देशको राष्ट्रिय हित र राष्ट्रियताको रक्षा गर्न नसक्ने बताएका छन् ।



शनिबार काठमाडौंमा नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेला उद्घाटन गर्दै ओलीले भारत भ्रमणका बेला आफ्नो भूमि रक्षाका लागि प्रधानमन्त्रीले केही पनि बोल्न नसकेको, नेपालका नदीहरू भारतलाई सित्तैमा सुम्पेर आएको आरोप लगाएका छन् ।

उनले एमालेको सरकार परिवर्तन भए पनि दुई वर्षमा ८ प्रतिशत पुर्‍याउँछु भनेको उत्पादन वृद्धिदर २ प्रतिशत नपुग्ने अवस्था आएको जिकिर गरे । सरकारसँग विकासको कुनै योजना र स्रोत पनि नरहेको भन्दै ओलीले सरकार र सरकारमा रहेका दलहरू एमालेको विरोधमा मात्रै लागेको दाबी गरे ।

उनले आफू नेतृत्वको सरकार ढाल्ने, पार्टी फुटाउने लगायतका अनेक षडयन्त्र भए पनि एमाले जस्ताको तस्तै रहेको र आगामी निर्वाचनमा एमालेले देशका लागि बहुमत ल्याउने गरी तयारी गर्ने बताए । त्यस्तै ओलीले पुराना योगदान, त्याग र बलिदानका विरुद्ध अभियान सञ्चालन गर्न खोजिएको भन्दै इतिहासलाई सम्मान गर्न जान्नुपर्ने बताए ।

उनले मुलुकमा ठूला ठूला परिवर्तन ल्याए पनि युवाहरूलाई परिवर्तनका बारेमा बुझाउनुपर्ने बताउनुभयो । ओलीले जनताका काममा समर्पित हुनका लागि कार्ययोजनासहित अघि बढ्न कर्मचारी संगठनलाई निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट