प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपतिनाथको दर्शन गरेका छन्।
शनिबार साँझ उनी गौशालास्थित पशुपतिनाथ मन्दिर पुगेर फर्किएको सचिवालय स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्ड केहीसमयअघि मात्रै भारत भ्रमणको क्रममा उज्जैनस्थित मन्दीरमा पूजा गरेका थिए।
गैरू वस्त्र लगाएर पूजा गरेको तस्बिरहरू बाहिरिएपछि उनको आलोचना समेत भएको थियो ।