रेलिगेसनबाट जोगियो थ्री स्टार-Sutra News

रेलिगेसनबाट जोगियो थ्री स्टार

शनिबार, २७ जेष्ठ २०८०

शनिबार, २७ जेष्ठ २०८०

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता अन्तर्गत सिजनको अन्तिम खेलमा थ्री स्टार क्लब विजयी भएको छ ।



त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार थ्री स्टारले जावलाखेल युथ क्लबलाई १-० गोल अन्तरले हराएको हो ।

थ्री स्टारको जितमा कप्तान बिक्रम लामाले निर्णायक गोल गरे । बिक्रमले खेलको ८३ औं मिनेटमा पेनाल्टीमार्फत गोल गरेका थिए ।

जावलाखेलका प्रमिन श्रेष्ठले पेनाल्टी क्षेत्रमा बिक्रमलाई फउल गर्दै लडाएपछि थ्री स्टारले पेनाल्टीको अवसर पाएको थियो । जसमा बिक्रमले निर्णायक गोल गरे ।

यस जितसँगै थ्री स्टार रेलिगेसनबाट जोगिएको छ । थ्री स्टारले २६ खेलमा ३२ अंक जोडेको छ । थ्री स्टारको जितले विभागीय टोली एपीएफ क्लब भने रेलिगेसनमा परेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट