वर्षको सुरुवातमा ‘जारी’ जस्तो बल्कबस्टर दिएका अभिनेता दयाहाङ राईको शुक्रबारबाट सार्वजनिक प्रदर्शनमा रहेको सिनेमा ‘नीरफूल’ दर्शक तान्न असफल भएको छ।
दयाहाङका पछिल्ला सिनेमाका कारण पनि दर्शक हलमा तानिने पूर्वअनुमान विपरित हलमा दर्शकहरुको खडेरी परेको छ।
वक्सअफिस रिपोर्ट अनुसार रिलिजको दुई दिनमा अर्थात शुक्रबार र शनिबार गरेर सिनेमाले देशभरबाट १६ लाख ६५ हजारको ग्रस कमाइ गरेको छ।
तर उनको ब्लकबस्टर ‘जारी’ले रिलिजको २ महिना पुग्ने लाग्दा वक्सअफिसमा हालसम्म १६ करोड ८५ लाख रुपैयाँको ग्रस कारोबार गरेको छ।
लामो समय रंगपत्रकारिता गरेर निर्देशनमा डेब्यू गरेका फूलमान वलको यो सिनेमा वक्सअफिस र समिक्षा दुबै अर्थमा असफल भएको छ।
फरक स्वादमा हुने अनुमान विपरित सिनेमाले कथा पुरानै शैलीमा पस्केको छ भने सिनेमा समीक्षकसमेत रहेका वलको यो सिनेमा निर्देशन र व्यापार दुबै हिसाबले कमजोर सिद्ध भएको छ।