त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिर गोली चलेको छ । विमानस्थलको गेटनजिक लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले गोली चलाएको हो । लागूऔषध कारोबारीलाई नियन्त्रणमा लिन टोलीले गोली चलाएको हो ।
टोलीले लागुऔषध कारोबारी एक युवकलाई नियन्त्रणमा लिन घुँडामुनि गोली प्रहार गरेको हो । ती युवकको परिचय खुलिसकेको छैन भने उनलाई उपचारका लागि केएमसी अस्पतालमा लगिएको छ ।