नेपाली श्रमिकहरू अब रोजगारीका लागि साउदी अरब जाँदा एसईई पास चाहिने भएको छ।
यस्तो प्रमाणपत्र परराष्ट्र मन्त्रालय अन्तर्गत कन्सुलर सेवा विभागबाट प्रमाणित गर्नु पर्ने व्यवस्था साउदी सरकारले गरेको हो।
यसकारण अब मजदुरी (लेबर) लगायत जुनसुकै कामका लागि साउदी जाने श्रमिकले न्यूनतम एसइई/एसएलसीसम्मको अध्ययन पूरा गरेको हुनुपर्ने भएको हो।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार न्यूनतम एसइई/एसएलसी पास भएको शैक्षिक प्रमाणपत्र अनिवार्य हुनुपर्ने व्यवस्था साउदी सरकारले एकतर्फी रूपमा गरेको हो ।
यो एकतर्फी विषय भएको भन्दै साउदी पक्षसँग छलफलका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ । साउदी नेपाली श्रमिकहरूको आकर्षक गन्तव्य मुलुकमध्ये एक हो।