पानी परोस् भन्दै भ्यागुताको विवाह-Sutra News

पानी परोस् भन्दै भ्यागुताको विवाह

आइतबार, २८ जेष्ठ २०८०

आइतबार, २८ जेष्ठ २०८०

भरतपुर महानगरको विभिन्न ठाउँमा पानी पर्ने विश्वासमा भ्यागुताको विवाह गरिएको छ ।



लामो समयदेखि खडेरी परेर तापक्रम बढेसँगै मानिस आत्तिएर धार्मिक बिहेअनुसार भ्यागुताको बिहे गरेका हुन् ।

आज भरतपुर महानगरपालिका–५ सापकोटा चोकमा विवाह गरिएको छ । शनिबार पनि भरतपुर–९ काँडाघारी टोलमा भ्यागुताको विवाह गरिएको थियो ।

बाजागाजा र नाचगानसहित गरिएको विवाहमा ठूलो संख्यामा मानिसको सहभागिता रहेको थियो ।

विगत केही सातादेखि पानी पर्न नसकेका कारण मौसममा आएको अत्यधिक तापक्रमले आक्रान्त जनताको शीतलताको कामना गर्दै भ्यागुताको बिहे गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट