बाहुबलीको सफलताले दक्षिण भारतीय सिनेमा निर्माताहरुले आफ्ना सिनेमालाई प्यान इण्डिया सिनेमा बनाउन आफ्ना प्रोजेक्टहरुमा बलिउड कलाकार अनुबन्धित गर्न थालेका छन्। यसका लागि उनीहरुले बलिउडका कलाकारहरुले माग गरे बमोजिमको पारिश्रमिक दिन थालेका छन्।
यसको असर दक्षिण भारतीय सिनेमाका हिरोइनहरुमा पनि देखिन थालेको छ।
उनीहरुले पनि प्यान इण्डिया सिनेमाका लागि आफूहरुलाई दक्षिण भारतीय सिनेमाका लागि दिदैं आएको पारिश्रमिक भन्दा बढि दिनुपर्ने माग गर्न थालेका छन्। यसको सुरुवात अभिनेत्री समन्था रुथ प्रभुले गरेकी छन्।
हाल बलिउडका दीपिका पादुकोण, जाहन्वि कपुर तथा मृणाल ठाकुर जस्ता अभिनेत्रीले दक्षिण भारतीय प्यान ईण्डिया प्रोजेक्टका लागि महँगो पारिश्रमिक लिदैं आएका छन्।
पछिल्लो खबर अनुसार जानह्वी कपुरले १० करोड पारिश्रमिक लिएर दक्षिण भारतको एक प्रोजेक्टमा डेब्यू गर्दैछिन्। दक्षिण भारतीय अभिनेत्रीहरुले हाल प्रति सिनेमा दुई देखी पाँच करोड भारु रहँदै आएको छ। यो पारिश्रमिक त्यहाँका चलेका अभिनेत्रीहरुले लिने गरेका छन्।
समन्थाले अबदेखि आफूले प्यान इण्डिया सिनेमाका लागि १० करोड भारुको माग गरेकी छन्। यो पारिश्रमिक पाएमात्र आफूले सिनेमाको स्क्रिप्ट पढ्ने बताएकी छन्।
समन्थाका फ्यानहरुले समन्थाको यो माग जायज भएको बताउँदै आएका छन्। उनीहहरुका अनुसार बलिउड कलाकारलाई निर्माताले १० करोड भारु दिनसक्छन् भने समन्थाको माग उनीहरुका लागि समस्या बन्न नहुने धारणा राखेका छन्।
अब समन्थाले भनेजस्तो भएमा दक्षिण भारतीय अभिनेत्रीका लागि नयाँ युग सुरु हुनेछ।
यसले त्यहाँ टप हिरोइनलाई १० करोड भारुको पारिश्रमिक मिल्न थाल्नेछ।
दक्षिण भारतमा कसले कति लिन्छन् पारिश्रमिक
तेलेगु तथा तमिल सिनेमामा आफ्नो शानदार अभिनयका लागि परिचित समन्थाले हाल ३ देखि ५ करोड भारुसम्म पारिश्रमिक लिने गरेकी छन्।
यसैगरी बाहुबली ब्ल्कबस्टर भएपछि राम्य कृष्ण र अनुष्का शेट्टीले बाहुबली-२का लागि क्रमशः २.५ तथा ५ करोड भारु पारिश्रमिक पाएका थिए।
यस्तै पुष्पा ब्ल्कबस्टर भएपछि उनले यसको सिक्वलका लागि ४ करोड लिएकी छन्। उनले अन्य प्रोजेक्टका लागि आफ्नो पारिश्रमिक ५ करोड पुर्याएकी छन्।