यो जेठ महिना देशले मात्र होइन नेपाली सिनेमाले समेत खडेरी बेहोरे। जेठको खडेरीका लागि मौस कारक बन्यो भने सिनेमाको वक्सअफिस खडेरी भने हरिविजोग सिनेमा बनाएकाले भयो।
त्यसो त वैशाख १ गते रिलिज भएको ‘जारी’लाई अपवाद छाड्ने हो भने बैसाखमा रिलिज भएका सबै सिनेमा वक्सअफिसमा सोत्तर भए।
जेठमा डाकिनी, हुक्का, ए साथी सुन न,टुल्की, वेलकम टु हेम्जाकोट र नीरफूल रिलिज भए। यी सिनेमामा डाकिनीले एक तहको समीक्षकीय तारिफ बटुले पनि अन्यु सिनेमा पैसा र नाम कमाउने दुबै मामिलामा जिरो भए।
यी सिनेमा चलचित्र त कहिले आएर कहिले गए दर्शकलाई खबर नै भएन । केही रंग पत्रकार बाहेक कसैलाई थाहा सम्म नभएका यी सिनेमाहरुको बेहाल नै भयो । यी सिनेमामा लगानी गरेको पैसा बालुवामा हालेको पानि सरह भएको छ ।
यो महिना वर्षा शिवाकोटी मूख्य भूमिकामा रहेको ‘ए साथि सुन’ रिलिज भयो । तर यो सिनेमाले पोस्टरको समेत खर्च उठाउन सकेन । यो सिनेमाले ४२ हजार मात्र कमाइ गर्न सक्यो । सानै भूमिकामा ‘नाई नभन्नु ल २’ बाट डेब्यू गरि ठूलो चर्चा बटुलेकी बर्षालाई पशुपति प्रसादले अझ ज्यादा चर्चाको शिखरमा पुरायो । तर एकाएक उनको करियर डामाडोल हुँदै गयो ।
पछि आफूलाई वीर विक्रम २ बाट फर्काउने आस गरेपनि उनी असफल भइन् । उनी सिनेमाबाट भन्दा पनि व्यक्तिगत सम्बन्धका कारण चर्चामा छिन्। तर त्यो पनि पछिल्लो समय डिबोर्स भएयता हुन छाडेको छ।
अन्तिम शुक्रबार २ सिनेमा रिलिज भए । ‘वेलकम टु हेम्जाकोट’ र निरफूल । वेलकम टु हेम्जाकोटको कुरा गर्ने हो भने यो सिनेमाले सुपर फल्प हुन कुनै कसर छोडेन । सुरज पौडेल लिखित तथा निर्देशित सिनेमाको ट्रेलरमा भ्यूज ६ लाख ६२ हजार बढि आएकाले सिनेमाले दर्शकलाई आकर्षित गर्ने अनुमान गरिएको भएपनि सिनेमाले कमजोर प्रदर्शन गरेको छ।
यसको कमाई हेर्दा कठै बाहेक केहि भन्न आँउदैन । यो चलचित्रले ३ दिनमा १ लाख ७८ हजार नौ सय २० मात्र कमाई गर्न सक्यो । यसरी सिनेमाको हरिविजोक हुँदा दयाहाङको सिनेमा निरफूलले भने केही हद सम्म इज्जत राख्न सकेको छ ।
प्रदर्शनको पहिलो दिन त दयाहाङको जादुले केहि गर्न सकेन तर शनिबार र आईतबार भने केही हद सम्म दर्शकहरु ह्ल सम्म तानिएको देहियो ।
सिनेमाले ३ दिनमा १३ लाख १२ हजार सात सय ३५ कमाउन सफल भएको छ । यो त्यति खुशी भइहाल्नुपर्ने विषय भने होइन। यही गतिको कमाइले सिनेमाले असफलता भोग्ने निश्चितप्राय छ। बाँकी अरु सिनेमाको त बेहाल नै भयो ।
तर सिनेमा जति नै सुपर फ्ल्प भएपनि हाम्रो नेपालमा सिनेमा बन्न भने छोडदैनन् । दर्शकको इच्छालाई नबुझी सिनेमाहरु धमाधम बनिरहेका छन् ।
यस्तोमा यहि असार महिनामा अन्तिम संस्कार, परस्त्री र बद्री बहादुर गरेर जम्मा तीन सिनेमा लाग्दैछन् । यी ३ सिनेमालाई हाम्रो तर्फबाट शुभकामना ।।।