विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु-Sutra News

विवाहको बस दुर्घटना हुँदा १० जनाको मृत्यु

सोमबार, २९ जेष्ठ २०८०

सोमबार, २९ जेष्ठ २०८०

अस्ट्रेलियाको सिड्नी नजिकैको लोकप्रिय वाइन क्षेत्रमा विवाह समारोहमा आएका पाहुना चढेको बस अनियन्त्रित भई पल्टिँदा १० जनाको मृत्यु भएको प्रहरीले सोमबार जनाएको छ ।



सेतो रङको उक्त बस स्थानीय एक बगैँचामा विवाह समारोहबाट आएका पाहुनाहरूलाई लिएर जाँदै गर्दा आइतबार अबेर राति बायाँपट्टि खसेको र चोकको प्रवेशद्वारमा ठोक्किएपछि फुटपाथमा पल्टिएको थियो ।

दुर्घटनापछि एक दर्जनभन्दा बढी आपत्कालीन कामदारहरू घटनास्थलमा पुगेका र उनीहरूले २० जनाभन्दा बढी मानिसहरूलाई अस्पताल पुर्‍याएका थिए ।

एक बिरामीको अवस्था गम्भीर रहेको र अन्य २० जनाको अवस्था स्थिर रहेको प्रहरीले जनाएको छ । अन्य कुनै पनि सवारी साधनसँग बस ठोकिएको नभई बसले सन्तुलन गुमाएका कारण दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट