कार्यालय समयमा उपस्थित नभएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका १०३ जना कर्मचारी कारबाहीमा परेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको निर्देशनमा सचिव डा. कृष्णहरी पुष्करले सोमबार मन्त्रालयमा छड्के जाँच गर्दा बिहान सवा १० बजेसम्म पनि कार्यालय उपस्थित नभएका कर्मचारी कारबाहीमा परेका हुन् ।
कारबाहीमा परेका कर्मचारीहरूको सोमबारको हाजिरीमा रातो लगाइएको छ । सचिव डा. पुस्करले ती कर्मचारीहरूको हाजिरीमा रातो लगाएका हुन् ।
कारबाहीमा पर्नेमा सहसचिव १ जना र उपसचिव २३ जना छन् । त्यसैगरी, ३६ जना शाखा अधिकृत र ४१ जना नायब सुब्बा तथा सहायकस्तरका कर्मचारी कारबाहीमा परेका मन्त्रालयले जनाएको छ ।